अवार्ड

‘लक अप’ शोका विजेता बने मुनव्वर फारुकी

By खबरहब

May 08, 2022

काठमाडौँ– २ महिना १० दिन सम्म चलेको सो ‘लक-अप’ को विजेता मुनव्वय फारुकी बन्न सफल भएका छन् । 

फारुकीलाई सुरुदेखि नै गेमको मास्टरमाइन्ड बताइएको थियो ।  स्ट्यान्डअप कमेडीदेखि लकअपका विजेता बन्नका लागि मुनव्वरले एउटा लामो यात्रा गरेका छन् । कार्यक्रममा आएपछि नै उनले आफ्ना निजी जीवनबारे विभिन्न खुलासा पनि गरे । सोको ट्रफी जित्नुका साथै मुनव्वरले लाखौँ मानिसको मन पनि जितेका छन् ।

ट्रफीबाहेक मुनव्वरलाई २० लाख नगद पुरस्कार, एर्टिगा र इटली यात्रामा जाने मौका पनि पाएका छन् ।

 ट्रफी जितेपछि मुनव्वरले शो र उनका प्रशंसकलाई धन्यवाद दिएका छन् ।