फाइल तस्वीर

अन्तर्राष्ट्रिय

 पाकिस्तानमा हिंसात्मक आक्रमण बढ्दै

By खबरहब

May 08, 2022

काठमाडौं– पाकिस्तानको खैबर जातीय जिल्ला र पेसावर शहर आसपास आतंककारी आक्रमण बढ्न थालेको छ ।

केही दिन अघिमात्रै सो क्षेत्रमा दुई सुरक्षा जाँच चौकीमा हमला भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यस्तै, सोही इलाकामा आतंककारीको हमलामा परी पाँच सर्वसाधारण सहित एकजना प्रहरी निरीक्षक र अर्का प्रहरी उपरीक्षक पनि मारिएको द न्युज इन्टरनेशनलले जनाएको छ ।

आक्रमणपछि १८ जना संदिग्धलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पाकिस्तानी सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएर सर्वसाधारणको जिउधनको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउने गरेका छन् ।

यद्यपि अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको त्यस क्षेत्रमा हिंसाको श्रृङ्खला भने नरोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।