सांकेतिक तस्बिर

समाचार

सप्तरीको राजविराजस्थित एक घरमा आगलागी

By खबरहब

May 08, 2022

सप्तरी– सप्तरीको वोरियामा आइतवार भएको आगलागीमा पचास हजार बराबरको क्षति भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर- १६ बस्ने स्थानीय बुदुर यादवको घरमा दिउँसो आगलागी भएको थियो ।

आगलागीबाट घरमा रहेका भाँडाकुँडा, लताकपडालगायत जिन्सी समान जलेर खरानी भएपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

राजविराज नगरपालिकाबाट गएको बारूयन्त्र, स्थानीयवासी र प्रहरीले आगो निभाएको स्थानीयले बताए।