राजनीति

लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन : देउवा

By खबरहब

May 08, 2022

दाङ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुकमा परिवर्तन र लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन भएको बताएका छन् ।

आज घोराहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनले संविधानको रक्षा गर्न सकेको बताएका हुन् ।

सभापति देउवाले सबै नेता तथा कार्यकर्ताहरूलाई गठबन्धनको मर्मअनुसार इमान्दारीपूर्वक मतदान गर्न अपिल पनि गरे ।

पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन कांग्रेस कार्यकर्ता अझ बढी सक्रियताका साथ लाग्नुपर्ने उनको भनाइ थियो ।