राजनीति

स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह : प्रचण्ड

By खबरहब

May 08, 2022

चुनावी सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह भएको बताए ।

आज घोराहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अग्रगमन र प्रतिगमनको लडाईँ अझै नसकिएकाले गठबन्धनको महत्व भएको पनि जिकिर गरे ।

गठबन्धनको महत्व घोराहीले दिएको र यसलाई सार्थकता दिन माओवादी र नेपाली कांग्रेसका प्रमुख, उपप्रमुखलाई जिताउनुपर्ने उनले बताए ।

“गठबन्धनको महत्वलाई घोराहीले झल्काएको छ”, उनले भने, “घोराहीको राम्रो कामको सन्देश नेपालभर दिँदै आएका छौँ, अब जितेर देखाउन मात्रै बाँकी छ ।” हार्दिकताको सम्बन्ध, सहमति र एकताले नै गठबन्धन सफल हुनेसमेत उनले बताए ।