फाइल तस्बिर

समाचार

मनसुनसहित तीन वायुको प्रभावले देशभरको मौसम बदली

By खबरहब

June 08, 2022

काठमाडौँ – नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ ।

बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेसका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै राति पनि प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, मधेस, बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।