फाइल फोटो

आर्थिक

सेयर बजार सुधारका लागि सुझाव समिति गठन

By खबरहब

June 08, 2022

काठमाडौं- अर्थ मन्त्रालयले सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन गरिएको छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा सुझाव समिति गठन गरिएको हो । समिति सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १/१ जना प्रतिनिधि रहने छन् ।

पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सुझाव समिति बनाइएको हो । ३२ सय अंकसम्म पुगेको सेयर बजार हाल करिब २ हजार अंकमा झरिसकेको छ ।