बलिउड/हलिउड

यसकारण फिट छिन् ऐश्वर्या

By खबरहब

June 08, 2022

काठमाडौँ– बलिउड अभिनेत्रीहरू आफ्नो सुन्दरता प्रति निकै सजग छन् । आफ्नो खानपान देखि फिटनेसका लागि आवश्यक हरेक क्रियाकलाप गर्ने गरेका छन् । उनीहरूले आफ्नो सौन्दर्यता घट्न नदिन अनेक उपाय अपनाउने गर्छन । उनीहरूको आफ्नै दैनिकी हुन्छ । जसकारण उनीहरूको सुन्दरताको चर्चा वर्षौँसम्म हुन्छ । यस्तै मध्येकी एक हुन् ऐश्वर्या राय बच्चन । 

विश्व सुन्दरी समेत रहेकी ऐश्वर्याको सुन्दरतामा कुनै कमी छैन । ४८ वर्षीया ऐश्वर्या कान्समा पुग्दा होस् वा कुनै इभेन्टमा पुग्दा सुन्दरताको प्रतिक्रिया पाउने गर्छिन् । उनको सुन्दरताको चर्चा नहुने इभेन्ट कमै हुन्छ । आफ्नो सौन्दर्य र फिटनेस कायम राख्न उनी जिममा पसिना बगाउँछिन् । हिँडडुलका अलावा खानपानमा पनि ख्याल गर्छिन् । फलफूल, तरकारी र सुख्खा फलफूल उनको खानामा समावेश हुने गर्दछ । पछिल्लो समय उनी ‘पिएस- १’ नामक तामिल फिल्ममा व्यस्त छिन् । उनी यसको दुई सिरिजमा देखिने छिन् ।