फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

भारतद्वारा एकै महिनामा जीएसटीबाट १४ खर्ब रुपैयाँ राजश्व संकलन

By खबरहब

June 08, 2022

काठमाडौं– भारत सरकारले चालू आर्थिक वर्षको मे महिनामा वस्तु एवम् सेवा कर (गुड्स एन्ड सर्भिस ट्याक्स जीएसटी) मार्फत १४० खर्ब भारतीय रुपैयाँ संकलन गरेको छ ।

भारतीय आर्थिक समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएअनुसार भारत सरकारले जीएसटीमार्फत् १४ खर्ब ८ अर्ब ८५ करोड भारु संकलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष जीएसटीबाट राजश्व संकलन ४४ प्रतिशतले बढेको छ । इकोनोमिक टाइम्सका अनुसार अघिल्लो आर्थिक वर्षको मे महिनामा जीएसटीबाट भारत सरकारले ९ खर्ब ७८ अर्ब २१ करोड भारतीय रुपैयाँ संकलन गरेको थियो ।

पछिल्लो राजश्व संकलन उत्साहप्रद रहेको भन्दै यसले भारतको वित्तीय अवस्था मजबुत बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।