समाचार

जन्ती लिएर जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते

By खबरहब

June 08, 2022

चितवन– चितवनको रत्ननगरमा दुलही लिएर जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ती लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित १९ जना घाइते भएका हुन् । उक्त बसमा ३० जना सवार रहेको जनाइएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । सामान्य घाइते भएका बस चालक रमेश शिवाकोटीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।