क्रिकेट

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

By खबरहब

July 08, 2022

काठमाडौं– भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ।

जितसँगै तीन खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ।

जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो।

इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे। भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो।

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए। यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्यकुमार यादवले ३९ रनको योगदान गरे।

इंग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए। अब, दोस्रो खेल शनिबार हुनेछ।