बलिउड/हलिउड

बाजपेयीको बायोपिकमा पंकज

By खबरहब

July 08, 2022

काठमाडौँ– बलिउडमा पछिल्लो समय बायोपिक बन्ने क्रम बढ्दो नै छ। केही दिनअघि भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको बायोपिक बन्ने चर्चा चलेको थियो । यो फिल्म एनपीको पुस्तक ‘द अन्टोल्ड बाजपेयी एन्ड पेराडक्स’ मा आधारित हुनेछ ।

यो फिल्ममा प्रमुख भूमिकामा अभिनेता पंकज त्रिपाठीले अभिनय गर्ने भएका छन् । फिल्म निकट स्रोतले पनि पंकज नै फिल्ममा प्रमुख भूमिकामा रहने पुष्टि गरेको छ । पंकजले हालैमात्र रिलिज फिल्म ‘शेरदिल’ मा अभिनय गरेका थिए ।

यो फिल्मलाई विनोद भानुशाली, संदीप सिंह, सेम खान, कमलेश भानुशाली र विशाल गुरनानीले निर्माण गर्दैछन् । फिल्म सन् २०२३ को क्रिसमसमा रिलिज गर्ने योजनामा निर्माण पक्ष छ ।