ब्रेकिङ स्टोरी

नाबालिक बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने 

By खबरहब

July 08, 2022

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिवर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ । 

यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार समितिले बालिगको हकमा एक वर्ष बढाएर दुई वर्षको हदम्याद राख्ने निर्णय गरेको छ । 

प्रचलित कानुनअनुसार एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधानलाई एक वर्ष वृद्धि गरेर बालिकाको हकमा दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्थासहित समितिले निर्णय गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । 

साथै थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा थुनामुक्त भएपछि तीन महिना नाघेको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद राख्ने निर्णय गरेको छ । अपहरणमुक्त वा थुनामुक्त भएको तीन औषधि उपचार गर्नका लागि समयसमेत दिने र त्यसपछिको तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने सभापति सभापति पोखरेलको भनाइ छ ।