काठमाडौँ– करण जोहर पछिल्ला दिनमा आफ्नो च्याट शो ‘कफी विद करण’ लाई लिएर चर्चामा छन् । टेलिभिजनमा छुटै पहिचान बनाएको करणको शो अब ओटीटीमा आएको छ । यद्यपि शैली र प्रस्तुति उही छ । करणको यो शो विवादको विषय बनिरहन्छ । अर्थात् त्यहाँ सेलेब्सले बोल्ने शब्दले विवाद समेत ल्याउने गर्छ । बलिउडमा करणको छुटै पहिचान छ । यसैले गर्दा उनको शोसम्म नपुग्ने कमै कलाकार हुन्छन ।
तर केही कलाकार छन्, जो करणको कफी खान अस्वीकार गरिरहेका छन् । यो सूचीमा बलिउडदेखि साउथसम्मका कलाकार छन् । यसमा पहिलो नम्बरमा जूनियर एनटीआर पर्छन् । उनलाई हालैमात्र करणले शोका लागि निम्तो दिए पनि उनले त्यो निम्तोलाई अस्वीकार गरेका थिए । करणले केही दिनअघि आफ्नो शोमा अर्का साउथ स्टार रामचरण आउने घोषणा गरेका थिए । तर रामचरणले करणको भनाइलाई असत्य साबित गर्दै उनले शोमा आफू नजाने बताए ।
बलिउड अभिनेता रणवीर कपुरले पनि करणको शोमा नजाने सम्भावना छ । उनले छायांकन गरेका छैनन् । यद्यपि रणवीर करणकै फिल्म ‘ब्रह्मास्त्र’ मा केही समय पश्चात देखिँदै छन् । रणवीरले निजी कारण देखाउँदै उनको शोमा नजाने निर्णय लिए पश्चात आलिया भट्टसँग रणवीर सिंह शो पुगेका छन् । ‘केजीएफ २’का यश पनि करणको शोमा जान चाहँदैनन् । भलै करणले आफ्नो शोमा यश आउने दाबी गरे पनि उनको दाबीलाई यशले अस्वीकार गरेका छन् ।
साउथ स्टार प्रभास करण शोमा यसअघि देखिइसकेका छन् । तर अब भने उनी करणको कफी सोचमा छन् । त्यहीकारण उनले करणको प्रस्तावलाई अस्वीकार गरेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले करणको शोका विषयमा हालै एक पोस्ट गरिन् । उनले करणको शोको तारिफ गरे पनि उनी भने त्यो शोमा उपस्थित हुन चाहिँदिनन् । यद्यपि यसपटक करणको शोमा साउथका कलाकारहरू विजय देवरकोन्डा , सामन्था भने देखिनेछन् ।