बलिउड/हलिउड

रहेनन् ‘द गडफादर’ अभिनेता जेम्स 

By खबरहब

July 08, 2022

काठमाडौँ– फिल्म प्रेमी दर्शकको लागि प्रिय नाम हो ,’द गडफादर’ । मास्टर पिस फिल्म ‘ द गडफादर’ को चरित्र ग्याङस्टर सोनी कोर्लोनबाट संसारभर परिचित हलिउड स्टार जेम्स कानको ८२ वर्षको उमेरमा निधन भएको छ ।  यसको जानकारी स्वयम् उनकै परिवारले सामाजिक सञ्जाल मार्फत दिएको हो । ‘हामी ठूलो दुःखका साथ भन्न चाहन्छौँ कि ६ जुलाईमा जेम्सको निधन भएको छ । हामी सबै शुभचिन्तकको भावनालाई सम्मान व्यक्त गर्दैछौँ’ परिवारले लेखेका छन् । 

सन् १९६३ मा रिलिज भएको फिल्म ‘इरमा ला डान्स’बाट उनले फिल्म करिअरको थालनी गरेका जेम्सको पूरा नाम जेम्स एडमन्ड कान हो । मिसरी, एल्फ, चोर, गडफादर पार्ट २, ब्रायन्स सङ र द ग्याम्बलर फिल्ममा उनले अभिनय गरेका छन् । उनको अन्तिम फिल्म सन् २०२१ मा रिलिज भएको ‘क्वीन बीज’ थियो ।