फाइल तस्वीर- एपी

अन्तर्राष्ट्रिय

पाकिस्तानमा इन्धनमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

By खबरहब

July 08, 2022

काठमाडौँ– पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा इन्धनमा मूल्यवृद्धिको विरोधमा स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका हुन् ।

इन्धनमा मूल्यवृद्धिले समग्र दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने र निम्नस्तरमा रहेका गरिब जनताको जीवन अझ कठिन हुने भन्दै प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलनलाई अझ चर्काउने समेत चेतावनी दिएका छन् । विश्वव्यापी रुपमा इन्धनमा मूल्यवृद्धि भएसँगै पाकिस्तानमा पनि हाल पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।

पूर्वी युरोपको युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेको बताइन्छ ।