तस्वीर- खामाप्रेस अफगानिस्तान

अन्तर्राष्ट्रिय

खडेरी बढेसँगै रेडक्रसद्वारा अफगानिस्तानमा भोकमरीको चेतावनी

By खबरहब

July 08, 2022

काठमाडौँ– अन्तर्राष्ट्रिय रेडक्रसले खडेरी बढेसँगै अफगानिस्तानमा भोकमरीको अवस्था अझ विकराल बन्न सक्ने चेतावनी दिएको छ । कडा गर्मी र बसन्त ऋतुमा पनि वर्षा नभएसँगै कृषिजन्य उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अझै पनि ७० प्रतिशत अफगान परिवार दैनिक खाद्य आवश्यकता समेत पूरा गर्न असक्षम रहँदै आएका छन् ।

यसबाहेक ३० लाख अफगान बालबालिका चरम कुपोषणको जोखिममा रहेका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार हजारौँ मानिसहरु अहिले गरिबी र भोकमरीका कारण सडकमा भिक माग्न विवश छन् । यसबाहेक मुलुकमा झाडापखाला, दादुराजस्ता रोगको पनि बिगबिगी रहेको बताइएको छ ।