फाइल फोटो

ब्रेकिङ स्टोरी

उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न न्यायपरिषदको सिफारिस

By खबरहब

July 08, 2022

काठमाडौँ- उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न न्यायपरिषदले प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषदले उनलाई पदबाट हटाउन सिफारिस गरेको हो ।

उनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लागेका कारण यो सिफारिस कामू प्रधानन्यायधीश दिपककुमार कार्कीले कार्यान्वयन गर्ने बताइएको छ ।

उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी समेत हुन् ।