सांकेतिक तस्वीर ।

अन्तर्राष्ट्रिय

पाकिस्तानको बलोचिस्तानमा गोली हानी तीन कामदारको हत्या

By खबरहब

July 08, 2022

काठमाडौँ– पाकिस्तानको बलोचिस्तान प्रान्तमा तीन कामदारको हत्या भएको छ । बलोचिस्तान प्रान्तको हरनई जिल्लामा रहेको एक श्रम शिविरमा बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा तीन कामदार मारिएका हुन् ।

सुरक्षा अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार बन्दुकधारीले आक्रमण गर्ने बेला सो शिविरमा १ सय भन्दा धेरै कामदार रहेका थिए ।

बन्दुकधारीले आक्रमण गरेसँगै शिविरमा समेत आगजनी गरेका अधिकारीले जनाएका छन् ।

पछिल्ला केही समययता पाकिस्तानको बलोचिस्तान राज्यमा हिंसात्मक आक्रमणका घटना बढ्दै जान थालेको बताइएको छ । यसअघि बलोचिस्तानको एउटा कोइला खानीमा आक्रमण हुँदा चार जना कामदारको मृत्यु भएको थियो ।