प्रवास

कतारका अमिरसमक्ष राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

By खबरहब

August 08, 2022

दोहा – कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

अमिर शेख तमिम बिन हमाद अल थानीको अमिरी दिवानस्थित कार्यालयमा आइतबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

त्यसक्रममा अमिरले नयाँ राजदूत ढकाललाई स्वागत गर्दै सफल कार्यकालको कामना गर्नुका साथै दुई देशबीचको सम्बन्ध थप विकास र प्रगाढ होस् भन्ने कामना गरे । ढकालले गत महिना जुलाई ७ तारिखमा नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेका थिए ।

आइतबार नेपालसहित अन्य ६ मुलुकका नयाँ राजदूतहरुले अमिरी दिवानमा पुगेर अमिरसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।