फाइल फोटो

ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला

By खबरहब

August 08, 2022

काठमाडौँ- सत्तारुढ दलको सिट बाँडफाँड सम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ ।

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई तोकेको छ ।

बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको छ । स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा सोही पार्टीले लिने निर्णय गरिएको एक नेताले बताए । ‘कांग्रेसले जितेको क्षेत्र कांग्रेसले नै लिने, माओवादीले पहिला जितेको माओवादीले नै लिने, नेकपा एस र जसपाको हकमा पनि यही नियम लागु हुनेछ ।

एमालेले जितेको क्षेत्र भने बाँड्ने सहमति भएको छ,’ स्रोतले भन्यो । एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा धेरै कांग्रेसले लिने, यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सीमित रहनुपर्ने निर्णय गरिएको छ । तर, कांग्रेस भने आफू ८० देखि ९० सिट पाउनुपर्नेमा अडिग रहेको छ ।