फाइल तस्वीर

अन्तर्राष्ट्रिय

खार्किभका धेरै वस्ती फिर्ता लिएको युक्रेनको दाबी

By खबरहब

September 08, 2022

खार्किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले नियन्त्रणमा लिएको देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता लिएको दाबी गरेका छन् ।

यस साता हामीलाई खार्किभ क्षेत्रबाट शुभ समाचार आएको छ जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, ‘अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन।’

पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता प्रदर्शन गरेको पर्यवेक्षकहरूले जनाएका छन् । युक्रेनले गत हप्तादेखि देशको दक्षिणी भागमा प्रतिआक्रमण गरिरहेको छ, जहाँ उसले धेरै गाउँहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।

२४ फेव्रुवरीमा युद्ध भएपछि रुसी सेनाले खार्किभ क्षेत्रलाई आंशिक रुपमा कब्जा गरेको छ ।