तस्वीर : सामाजिक सञ्जालबाट

खेलकुद

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचन 

By खबरहब

September 08, 2022

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।

बिहीबार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन्। निर्वाचनमा चन्द समूह नै विजयी भयो।

पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरे। निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो ।

महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए ।