ब्रेकिङ स्टोरी

राष्ट्रियसभाका ४ विषयगत समितिले आज सभापति पाउने

By खबरहब

September 08, 2022

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत चार वटा विषयगत समितिदले आज सभापति पाउने भएका छन्।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । चार वटा समितिको सभापतिका लागि चार जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु सबै निर्विरोध निर्वाचित हुनेछन्।

आज दिउँसो १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्तुत र समर्थकले समर्थन गरेसँगै सभापति चुनिनेछन्। जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका छन् ।