समाचार

वसन्तपुरमा कुमारीको सामूहिक पूजा

By खबरहब

September 08, 2022

काठमाडौँ- काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ ।

प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक वर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ ।

कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै कुमारी पूजा गर्दा उनीहरू रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरूको भनाइ छ ।

 

पूजासँगै त्यहाँ सहभागी कुमारीहरूलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।