मुख्य समाचार

सिट बाँडफाँडमा सहमति जुटाउन कार्यदलको बैठक जारी 

By खबरहब

September 08, 2022

काठमाडौँ- आसन्न्न निर्वाचनका लागि सिट बाँडफाँड गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ ।

देशभर प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र छ । प्रत्येक एक निर्वाचन क्षेत्रमा दुई प्रदेश निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्र भागबन्डा गरेर गठबन्धन आबद्ध दलहरू निर्वाचनमा जान लागेका हुन् । तर, सहमति नजुट्दा उम्मेदवारको पनि टुंगो लगाउन दलहरूले सकेका छैनन् ।