तस्वीर- बीबीसी/गेटी इमेज

अन्तर्राष्ट्रिय

बहामासमा ‘बुल’ सार्कको आक्रमणबाट अमेरिकी महिलाको मृत्यु

By खबरहब

September 08, 2022

काठमाडौँ- क्यारेविअन सागरमा अवस्थित टापु मुलुक बहामासमा आफ्नो परिवारसँग समुद्रमा घुम्न गएकी एक अमेरिकी महिलाको सार्कको आक्रमणमा परी मृत्यु भएको छ ।

अमेरिकाको पेन्सिल्भेनिया राज्यकी ५८ वर्षीया महिलालाई बहामासको राजधानी नासाउ नजिकै रहेको ग्रीन के समुद्रमा सार्कले आक्रमण गरेको शाही बहामियन प्रहरीले जनाएको छ ।

मृकको नाम क्यारोलाइन डिप्लासिडो रहेको अमेरिकी टेलिभिजन एनबीसीको अनलाइन संस्करणले जनाएको छ ।

पाँचदेखि सात जनाको समूहमा रहेका बेला उनलाई बुल सार्कले आक्रमण गरेको शाही बहामियन प्रहरी उपरीक्षक क्रिस्लिन स्किपिङ्ग्सिलाई उद्धृत गर्दै एनबीसीले जनाएको छ ।

‘टुर अपरेटरहरू र परिवारका सदस्यहरूले महिलालाई बचाउने प्रयास गरे’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, तिनीहरू असफल भए जसको कारण महिलाको शरीरको देब्रे भागमा गम्भीर चोट लागेको थियो ।

उनलाई समुद्रबाट बाहिर ल्याउदा उनी मृत भइसकेको प्रहरीले जनाएको छ । सार्कले महिलामाथि गरेको आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।