क्रिकेट

 नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एआरएनए विजयी

By खबरहब

September 08, 2022

 

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद २०८९ अन्तर्गतको पुरुष क्रिकेटमा एआरएनए एकेडेमीले विजयी सुरुआत गरेको छ । 

टियु क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो । एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो । वर्षाको कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ६ ओभरमा घटाइएको थियो ।

प्रतियोगिता अन्तर्गत मूलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको थियो । वर्षाको कारण मूलपानीमा तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको पहिलो खेल रद्द भएको थियो भने मूलपानीमै तय लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीचको खेल समेत टस नभई रद्द भएको छ ।

त्यस्तै टियु क्रिकेट मैदानमा तय भएको बागमती प्रदेश र प्रदेश-१ बीचको खेल पनि वर्षाका कारण रद्द भएको छ । प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।