फाइल तस्वीर

अपराध

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

By खबरहब

September 08, 2022

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै लामिछानेलाई टिमबाट निलम्बन गरिएको जनाएको हो ।

क्यानको कार्यसम्पादन समितिको निर्णयअनुसार उनलाई टिमबाट निलम्बन गरिएको हो ।

लामिछानेउपर जबरजस्ती करणी कसूमा जाहेरी परेको र उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ ।