राजनीति

प्रकाशमानलाई मतदाताको प्रश्न- मेलम्चीको पानी कहिले आउँछ ?

By खबरहब

November 08, 2022

काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् । 

आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिले आउँछ ? प्रश्न गरेका थिए । 

मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउदैन आफूले जनतालाई केही समय कुरिदिन आग्रह गरेको सिंहले बताए । सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे । 

काडमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके उनले बताएका थिए । 

संविधान निर्माण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बडाएको सिंहले जनाए । ‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्‍याएको छु,’ उनले भने ।