धर्म / संस्कृति

कमला नदीमा भुतमेला, धामीझाँक्रीको घुइँचो (फोटो फिचरसहित)

By खबरहब

November 08, 2022

सिरहा– प्रत्येक वर्षजस्तै यस वर्षको कार्तिक पूर्णिमाका अवसरमा कमला नदी किनारमा भुतमेला लागेको छ । पहेँलो धोती र सारी लगाएका नयाँ सिकारू धामी झाँक्रीहरू हातमा अगुल्टोसहित माटोको ढकना र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै कमलान नदी किनारमा भेला भएका छन् । 

सूर्योदयसँगै नदीको पवित्र जलमा डुबुल्की लगाएर नव धामी झाक्रीहरूले गुरुहरूसँग शपथ लिएका छन् । हिजो रातिबाटै नदी किनारमा भगता  खेल्नेहरूको घुँईचो लागेको थियो । देउता खेल्नेहरूसँग रातभरि प्रश्न सोध्ने र गीत गाउने गरिएको थियो । 

‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी’ यस्तै इष्ट देवताहरूको नाम फालाक्दै धामीझाँक्रीहरू मिर्दङ , झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा चर्को स्वरमा कराउँदै नदीमा सपथ ग्रहण गरेको झाक्री रामअवतार महतोले बताए ।

उनले सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरूको आजको दिन घुँइचो लाग्ने गरेको बताए । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थानीयवासीको लागि कार्तिक पूर्णिमामा स्नान गर्ने चलन छ । कमला नदीमा आएर सपथ लिएपश्चात् नव धामीझाँक्रीहरू पाको हुने झाँक्री बिल्टु यादवले बताए ।

हरेक वर्ष कमला नदीमा स्नान गर्न सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत भारतका गाउँहरूबाट समेत सयौं सर्वसाधारण आउँछन् । यसबेला यहाँ मेला नै लाग्ने गर्छ ।