राजनीति

निर्वाचनको सर्वेक्षणको विधि र आधार प्रष्ट्याउन प्रेस काउन्सिलको निर्देशन

By खबरहब

November 08, 2022

काठमाडौँ- प्रेस काउन्सिल नेपालले निर्वाचनको सर्वेक्षणको विधि र आधार प्रष्ट्याउन र सबै उम्मेदवारको सन्तुलित प्रस्तुति राख्न निर्देशन दिएको छ । प्रेस काउन्सिलले दुवै पक्षकाे भनाइ समेटेर समाचार लेख्न समेत निर्देशन दिएका छ ।

काउन्सिलमा मंगलबार अनगुमन सुझाव समितिको बैठक बसेको थियो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा काउन्सिल र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सहभागी बैठकमा मत सर्वेक्षण गर्न हुने, नहुने, त्यस्तो सर्वेक्षणबारे जनतालाई पर्याप्त र विश्वसनीय आधार, कारण राख्नुपर्ने, नपर्नेबारे व्यापक छलफल भएको एक सहभागीले जानकारी दिए ।