फाइल फोटो

राजनीति

झापा १ ले मुलुकको नेतृत्व गर्छ : विश्वप्रकाश शर्मा

By खबरहब

November 08, 2022

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन् । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए । ‘मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ’, उनले भने, ‘त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु ।’

चुनावी अभियानकै क्रममा नयाँ कार्यकर्तालाई स्वागत गर्न पाउँदा गठबन्धनलाई थप ऊर्जासँगै सफलता मिलेको उल्लेख गरे झापा क्षेत्र नम्बर १ लोकतान्त्रिक–वाम गठबन्धनले घरदैलो अभियानलाई तीव्र पारेको छ । झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभामा गोपाल तामाङ र श्यामविर लिम्बू चुनावी मैदानमा छन् ।