फाइल फोटो

राजनीति

मधेसमा रोजगारी सिर्जना हुनुपर्छ : उपेन्द्र यादव

By खबरहब

November 08, 2022

राजविराज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।

सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारले मधेसमा लगानी गर्न भेदभाव गरिरहेको आरोप लगाउँदै यहाँ ठूलाठूला कलकारखाना खोलेमा मात्र विकास हुने बताए । मधेसबाटै करिब ७० प्रतिशत कर नेपाल सरकारलाई जाने गरेको दाबी गर्दै उहाँले तराई मधेसमा गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षाको समस्या बढ्दै गएको बताए ।

किसानका लागि विद्युतीकरणबाट भए पनि सरकारले सिँचाइ सुविधा गराउनुपर्छ भन्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास हुनुपर्ने उनले जिकिर गरे ।