अन्तर्वार्ता

गर्भावस्थामा खाली पेटमा चिया खानु हुँदैन

By विना न्यौपाने

December 08, 2022

गर्भावस्था भनेको शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधि हो । गर्भावस्थामा आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्ने चिकित्सकले बताएका छन् । त्यसैले यसै सामान्य गर्भावस्थामा के के खाना खाने कसरी हेरचाह गर्ने त ? महिलाले सुरुवाती अवस्थादेखि कसरी हेरचाह गर्ने त ? लगायतका विषयमा आधारित भएर खबरहबका लागि गाइनोक्लोजिष्ट डा. सम्पदा मिश्रसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

अहिले सामान्य गर्भावस्थामा कस्ता–कस्ता समस्या देखा परेका छन् त ? सामान्य गर्भावस्थामा बान्ता हुने, तल्लो पेट दुख्ने, पिसाबमा इन्फेक्सन हुने हुन्छ ।

यस्तो समस्याको कसरी उपचार गराउनु हुन्छ ? गर्भवतीमा नजिया र बान्ता छ भने सुरुको अवस्थामा बिहान उठेर पानी, दूध, चिया खानु हुँदैन । किनभने त्यो बेला ग्यास्ट्रिक मोटालिटी घटेर बिरामीलाई लगातार समस्या हुन्छ । त्यसैले त्यो बेला हामीले बिरामीलाई बिहान उठेर खालि पेटमा ड्राइफुड, रोटी बिस्कुट खाने र त्यसपछि पानी चिया खाने र थोरै थोरै गरेर समय समयमा खाना खानु भनेर हामी सल्लाह दिन्छौँ । तीन महिनासम्म फोलिक एसिड खाने र त्यसपछि आइरन र क्याल्सियम १ ग्राम खानु पर्दछ । त्यसपछि हामीले १८ देखि २२ हप्ताको बिचमा एनोमोलि स्क्यान गर्छौँ । त्यो भनेको बच्चाको हात खुट्टा, नाक आँखा मुख राम्रोसँग विकास भएको छ कि छैन हेछौँ । त्यो हेरेर रगत जाँच हुन्छ त्यसले पनि बच्चा ठिक छ कि छैन भनेर थाहा हुन्छ । पहिलो बच्चा छ भने दुई पटक टिटानासको सुई लगाउनु पर्दछ । दोस्रो बच्चा छ र ५ वर्ष भन्दा मुनिको छ भने एउटा टिटानासको सुइले पुग्छ । हैन बच्चा ५ वर्ष भन्दा माथिको ५ भने दुई वटा टिटानासको सुई लगाउनु पर्दछ ।

गर्भमा भएको बच्चा ठिक छ कि छैन भनेर घरमा नै कसरी थाहा पाउने त ? दोस्रो बच्चा छ भने १८ देखि १९ हप्तामा बच्चा चल्न थाल्छ । पहिलो बच्चा छ भने २१ देखि २२ हप्तामा चलेको थाहा हुन्छ । एक घण्टामा तीन पटक बच्चा चल्नु पर्दछ ।

साधारण गर्भावस्थामा खानेकुरा नमिलेर नै हो बान्ता हुने ? खाना नमिलेर पनि हुन्छ तर खानेकुरा मिलेर पनि हुन्छ । त्यसलाई हामीले हाइपर हाइपरेडमिसेस ग्याबिटेरीयम भन्छौ । त्यसमा युरिन एसिटोनहरु हेरेर पोजेटिभ छ भने अस्पतालमा भर्ना नै गर्नु पर्दछ । औषधि राखेर इन्जेक्सन लगाएर उपचार गर्नु पर्दछ । रिपोट हेरेर निको भएपछि डिस्चार्ज गरिदिन्छौँ ।

देखिने समस्या सबैमा एउटा लागु हुने हो ? सबैमा फरक हुन्छ, कसैमा हुन्छ तर कसैमा हुँदैन । कति जना महिला मलाई केही लक्षण नै छैन वान्ता पनि छैन । म गर्भवती छु कि छैन भनेर आफै पनि सोध्न आउनु हुन्छ ।

सामान्य गर्भावस्थामा के गर्नु पर्दछ ? सबैले फोलिक एसिड खानु पर्दछ । अहिले धेरैले ढिलो विवाह गर्ने हुँदा फोलिक एसिड खाएर योजना गर्दा हुन्छ । एक पटक गर्भवती भएपछि सुगर रक्तचाप, थाइराइड, पिसाबको जाँच, रगतको समूह जाँच गर्नु पर्दछ ।

सामान्य भनेर घरमा नै बस्दा कस्तो जोखिम निम्त्याउँछ ? धेरै वान्ता भयो भने बिरामी डिहाइजेसनमा जानसक्छ । कमजोरी भएर ढल्न सक्छ र जाँच गर्दा गर्भ भएको असर गर्दछ । अस्पतालमा भर्ना गर्दा सबै कुरा मिलेको छ भने बच्चालाई असर गर्दैन ।

यो योजना बनाइरहनु भएकोमा के सन्देश दिन चाहनु हुन्छ ? योजना बनाउनु भन्दा दुई महिना अगाडिदेखि फोलिक एसिड खानु राम्रो हो । एकपछि अल्ट्रासाउन्ड गर्दा हुन्छ । १२ हप्तामा एन्टिस्क्यान गर्नु पर्दछ ।

गर्भावस्थामा कस्तो खाना खाने ? स्वस्थ खाना र फलफूल खाने, बाहिरका खाना र धेरै चिल्लो पिरो नखाने, सामान्य दैनिक व्यायाम गर्नु पर्दछ । धेरै बेडरेस्ट गर्नु हुँदैन । दैनिक सामान्य कामहरू गर्दा धेरै समस्या हुँदैन । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)