फाइल फोटो

खेलकुद

विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै

By खबरहब

December 08, 2022

काठमाडौं – आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ।

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। यस शृंखलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ।

सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ। स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ।