फाइल फोटो

समाचार

आज तरकारी र फलफूलको मूल्य कति ?

By खबरहब

December 08, 2022

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३३५ रुपैयाँ रहेको जनाएको छ ।

हरियो अंगुर २३५ रुपैयाँ, अदुवा ५५, नेपाली ठूलो गोलभेँडा ४५ रुपैयाँ, अनार ३१० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ३३ पैसा, सेतो आलु ४३ रुपैयाँ ३३ पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती ११० रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३५ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौँला र चमसूरको साग ८५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, लोकल परवर ५५ रुपैयाँ, भारतीय सुकेको प्याज ५३ रुपैयाँ ३३ पैसा र हरियो धनियाँ ११० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।