सांकेतिक तस्बिर

अपराध

ब्राउन सुगरसहित तीनजना पक्राउ

By खबरहब

December 08, 2022

काठमाडौं– कञ्चनपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।