फाइल फोटो

राजनीति

एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, अधिकांश जिल्लामा निर्वाचन हुँदै

By खबरहब

January 09, 2022

काठमाडौँ – नेकपा एमालेको ६१ जिल्लामा शुक्रबारदेखि जारी अधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।

केन्द्रको निर्देशनअनुसार केही जिल्लामा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ । आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्लाको अधिवेशन पछि हुनेछ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार आज (आइतबार) बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीमा नेतृत्व चयन भइसकेको छ।

हेर्नुहोस् कुन जिल्लामा को चुनिए ?

१. झापा- दीपक कार्की २. पाल्पा- धनेन्द्रराज घिमिरे ३. दाङ- हुकुमबहादुर बस्नेत ४. डोल्पा- शेरबहादुर बुढा ५. सल्यान- गोविन्द पुन ६. बर्दिया- लालबहादुर श्रेष्ठ ७. बॉके- किस्मतकुमार कक्षपति ८. धादिङ- भूमि त्रिपाठी ९. अर्घाखाँची- पीताम्बर भुसाल १०. मोरङ- ऋषिकेश पोखरेल ११. काभ्रे- अशोक ब्याञ्जु १२. भक्तपुर- बचन देउजा १३. गुल्मी- बालसिंह काउछा १४. खोटाङ- रामप्रसाद दंगाल १५. सप्तरी- ताराकान्त चौधरी १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ १७. धनकुटा- इन्द्रमणि पराजुली १८. रसुवा- कर्णेल लामा १९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी २०. कपिलवस्तु- डम्बर शर्मा

विशेष जिल्ला कमिटी १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ २. पेसागत विशेष- उमेश ढकाल