फाइल फोटो ।

राजनीति

संसदको गतिरोध अन्त्य हुन्छ : सभामुख सापकोटा

By खबरहब

January 09, 2022

सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको समाधान निस्कने बताए।

जनताको मतबाटै सभामुखको जिम्मेवारीमा पुगेको जनाउँदै उनले जनताको विश्वास र भरोसालाई धोका नदिने बताए।

सभामुख सापकोटाले बलेफी –३ फुल्पिङकोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्याससमेत गरेका थिए।