राजनीति

एमाले अछाम अधिवेशन: शाह प्यानलबाट उम्मेदवारी दर्ता

By खबरहब

January 09, 2022

अछाम– नेकपा एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृत कार्यालयको कार्यालय रहेको एमाले पार्टी कार्यालय मंगलसेनमा अध्यक्ष पदमा प्रकाश शाह, उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीम बहादुर रावल (कालोटोपी), उपसचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन ।

अर्को प्यानल चन्द्र बोहरा प्यानल केही समयमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको छ ।