समाचार

काठमाडौँको फर्निचर उद्योगमा चोरी गर्ने पक्राउ

By खबरहब

February 09, 2022

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठस्थित फर्निचर उद्योगबाट सामान चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका–८ भंगालस्थित डीबी फर्निचरबाट मेसिन तथा अन्य सामान चोरी गर्ने उदयपुर डुम्रे घर भई बुढानिलकण्ठ बस्ने २१ वर्षीय नितेश मगर पक्राउ परेका हुन् ।

सोमबार पक्राउ परेका मगरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीले मगरबाट रन्दा मेसिन, ग्रेन्डर मेसिन, ह्याक्स, ड्रिल मेसिन, सटर मेसिनलगायतका सामान बरामद् गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ ।