समाचार

विश्वभर कोरोना संक्रमण दर घट्यो, मृतक र निको हुने बढे

By खबरहब

February 09, 2022

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १७ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा २७ लाख ३९ हजार ८५० जना निको भएका छन् भने १० हजार ९९७ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणदर घट्ने क्रम सुरु भएपछि निको हुने र मृतकको संख्या केही बढेको छ ।

थपिनेमा जर्मनीमा २ लाख १२ हजार, ब्राजिलमा एक लाख ७१ हजार, रुसमा एक लाख ६५ हजार, अमेरिकामा एक लाख ४२ हजार, टर्कीमा एक लाख ११ हजार, इटलीमा एक लाख एक हजार र बेलायतमा ६६ हजार छन् ।

निको हुनेमा फ्रान्समा ४ लाख ३५ हजार, ब्राजिलमा २ लाख ५५ हजार, अमेरिकामा २ लाख ३८ हजार, इटलीमा एक लाख ६४ हजार, स्पेनमा एक लाख १६ हजार, जर्मनीमा एक लाख १५ हजार र बेलायतमा एक लाख १३ हजार छन् ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार २६१, ब्राजिलमा एक हजार १७१ र रुसमा ६९८ जना छन् ।