अन्तर्राष्ट्रिय

विश्व इतिहासमा आज: बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षणसम्म

By खबरहब

February 09, 2022

काठमाडौँ – आज सन् २०२२ को ९ फेब्रुबरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना :

आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य

सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुवरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फी रुपमा युद्ध विराम भंग गरेको हो । लन्डनको क्यानरी हर्वाफमा गराइएको सो बिस्फोटमा दुई जनाको मृत्यु र ३९ जना घाइते भएका थिए ।

बोइङ ७४७ को पहिलो उडान

सन् १९६९ मा बोइङ ७४७ ले पहिलो उडान सुरु गरेको थियो । सो जम्बो जेट त्यति बेला विश्वकै सबैभन्दा ठूलो यात्रु विमान थियो ।

सोभियत युनियनको पहिलो अन्तरमहादेशीय व्यालिस्टक मिसाईल (आइबीएम)

सन् १९५९ मा सोभियत युनियनले विश्वकै पहिलो अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल सञ्चालनमा ल्याएको थियो । सोभियत आर–७ सेमयोर्का मिसाइल ८८ सय किलोमिटरको दूरीमा प्रहार भएको थियो ।