फाइल फोटो

राजनीति

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

By खबरहब

February 09, 2022

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।

बैठकमा भातृ संस्थाको अवधि,  आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ ।

पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो।  मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए।

मंगलवारको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनावलगायत विषयमा छलफल भएको बताइएको छ।