फाइल फोटो

समाचार

पाल्पा–तम्घास सडक मर्मत गरिने

By खबरहब

February 09, 2022

पाल्पा – पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ । उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो ।

सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार ढुङ्गा कटान गरी सडकमा राख्नुपर्ने भएकाले दिउँसो यातायातका साधन सञ्चालनमा समस्या भए पनि साँझ–बिहान सडक खुला रहने छ ।

प्रदीप साइन जेभी बुटबलले सडक फराकिलो बनाउन थालेको छ। चट्टान कटान गरी सडक चौडा बनाउन थालिएको लम्सालले बताए ।