आर्थिक

सुनको मूल्य तोलामा तीन सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

By खबरहब

February 09, 2022

काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।