फाइल फोटो

समाचार/विश्लेषण

उपत्यकामा २४ घण्टामा १४ सय बढी सवारी चालकलाई कारबाही 

By खबरहब

February 09, 2022

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय ३८ जना सवारी चालकहरूलाई कारबाही गरेको छ।

मंगलबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९७ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १५ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ८५ जना रहेका छन्।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २० जना र मदिरा पिएर सवारी साधन चलाउने ३५ जना चालकहरूलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।