सांकेतिक तस्बिर

समाचार

हेम्जामा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु 

By खबरहब

February 09, 2022

काठमाडौँ – कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाइकल र बोलेरो जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पोखरा महानगरपालिका–५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपाली रहेका छन् ।

उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मंगलबार राती पौने १० बजे मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार गुल्मीका २२ वर्षीय सुनिल नेपालीको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

ग १ ज ५०५६ नम्बरको जिपले नेपालीद्धय सवार ग ६ प ८८०२ नम्बरको मोटरसाइकललाई मंगलबार राती ९ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा रहेका छन् ।