टिप्स

चिसोबाट यसरी बच्नुहोस्

By खबरहब

February 09, 2022

काठमाडौं उपत्यकासहित देशैभर चिसो कायमै छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपानलगायतका कुरामा ध्यान पु¥याउन सके कोरोनाको साथै चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

चिसोको असर –शरीरलाई बाहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । –पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ । –मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ । –युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ । –रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ । –चिसोका कारण रक्तनली साँघुरिएर रक्तप्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ? –न्यानो कपडा लगाउने –आगो ताप्ने । –यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने । –चिसो खानेकुरा सकेसम्म नखाने, तातो र ताजा खाना खाने । –धेरै मात्रामा झोलिलो खानेकुरा खाने । – धेरै नुनिलो नखाने –पौष्टिक खानेकुरामा जोड दिने । –बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने । –मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने । –समस्या परेमा स्वास्थ्य जाँच गराउने । (टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरेको कुराकानीमा आधारित )